ईआई प्रतिवेदन नआए सडक खन्न नदिने

मीनकुमार दाहाल, सिन्धुली, फागुन १० । 

जिल्ला वन कार्यालय सिन्धुलीले ईआई प्रतिवेदन सार्वजनिक नगरे सम्म जंगल भित्रबाट सडक खन्न नदिने जनाएको छ । 

वाहुनतिल्पुङ्ग, भिमस्थान, लाम्पानटार गाविसमा जंगलभित्रवाट डोजर लगाएर जिल्ला प्राविधिक कार्यालयले सडक खन्दैछ जिल्ला वन कार्यालयका प्रमुख जीवनकुमार ठाकुरले भने । 

ईआई रिपोर्ट विना प्राविधिक कार्यालयले जंगलभित्र सडक खने प्राविधिक कार्यालयका प्रमुख इन्जीनियर र जिविसका एलडियोलाई मुद्धा हाल्ने चेतावनी दिएका छन् ।

जंगलमा त्यसै डोजर लगाउन मिल्दैन । नेपाल सरकारले वनाएको वातावरण ऐन सवैले मान्नु पर्ने उनको भनाई छ । जथाभावी जंगल फडानी गरेर सडक निर्माण गर्न दिए वन कार्यालयले जंगल फडानी गरो भन्दै स्थानियले अख्तियारमा मुद्धा हाल्छन् ।

त्यो बेला मेरो हातामा हतकडी लाग्ने दाबी ठाकुरले गरे । हतकडी लाग्नु पुर्व मैले ऐन नियम अनुसार काम गर्नु आवश्वयक भएको ठाकुरको भनाई छ ।

नेपाल सरकारको ऐन नियम अनुसार सडक खने हामीलाई कुनै आपत्ति नभएको उनको भनाई छ । 

जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर रामेश्वर मरहठ्ठा जिल्ला वन अधिकृतले ईआई रिर्पोट विना सडक निर्माण गरे वन मुद्धा लगाई दिने चेतावनी दिएको वताए । 

जिल्लामा निर्माण हुने सवै सडक जंगल भित्रवाट जाने भएकोले सडक निर्माण गर्न समस्या भएको प्रमुख इन्जीनियर मरहठ्ठाको भनाई छ । 

आड–गढी –मझुवा सडक, रानीचुरी–वाहुतिल्पुङ्ग सडक, सिन्धुली–पिपलमाढी सडक, भिमान–टाडी सडक, पिपलभन्ज्याङ्ग–वस्तीपुर सडक, नगरपालीका र गाविसको वडा जोड्ने सडक जंगलभित्रै बाट खन्नु पर्छ । 

हरेक योजनाको ईआई प्रतिवेदन अनुसार सडक खन्नु पर्ने भए पछि सडक निर्माण प्रकृया अलपत्र वन्ने प्रमुख इन्जिनियर मरहठ्ठाको भनाई छ ।

Related

प्रमूखखबरहरु 7385136129571380114

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item