भूकम्पको केन्द्रविन्दू बारपाकमा निःशुल्क इन्टरनेट

गोरखाबजार, ६ जेठ । १२ वैशाखको विनाशकारी भूकम्पको केन्द्रविन्दु गोरखाको बारपाक गाउँमा निःशुल्क इन्टरनेट सुविधा सुचारु गरिएको छ । 

लुम्बिनी नेट प्रालि, वर्डलिङ्क र रेडियो गोरखाको सहकार्यमा निःशुल्क इन्टरनेट सुचारु गरिएको हो । भूकम्पपीडित समक्ष सूचना पु¥याउनका लागि इन्टरनेट सुचारु गरिएको हो । 

‘बारपाकमा बसेर देशविदेश हेर्न र देशविदेशमा रहेकाहरुले बारपाकीसँग सञ्चार सम्पर्कमा रहन इन्टरनेट सुविधा सुरु गरियो’, लुम्बिनी नेट प्रालिका खेमराज अधिकारीले भने, ‘टेलिफोन र इन्टरनेटबिहीन हुँदा सञ्चार सम्पर्क टुटेको थियो ।’ एनसेलको टेलिफोन सुचारु रहेको र नेपाल टेलिकमको टावर सुचारु हुने क्रममा रहेकाले बारपाकमा अब सञ्चारसम्पर्कका लागि सहज बन्दै गएको छ । 


सौर्य ऊर्जा मार्फत् इन्टरनेट सञ्चालन गरिएको प्रालिले जनाएको छ । रेडियो गोरखाको टावरमार्फत् बारपाकमा रहेको डिभाइसमा कनेक्ट गरेर इन्टरनेट सुचारु गरिएको हो । सदरमुकामदेखि १८ कोश टाढा रहेको पर्यटकीय गाउँ बारपाक विनाशकारी भूकम्पले ध्वस्त बनाएको छ । 

त्यहाँका एकहजार ४०० घरधुरी विनाशकारी भूकम्पले भत्काएको थियो भने ७० जनाको मृत्यु भएको थियो । रासस

Related

राष्ट्रिय 7081742885435508388

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon
:noprob:
:smile:
:shy:
:trope:
:sneered:
:happy:
:escort:
:rapt:
:love:
:heart:
:angry:
:hate:
:sad:
:sigh:
:disappointed:
:cry:
:fear:
:surprise:
:unbelieve:
:shit:
:like:
:dislike:
:clap:
:cuff:
:fist:
:ok:
:file:
:link:
:place:
:contact:

भर्खरैयो साता चर्चित

भर्खरै

एमाओवादीबाट हरिबोल गजुरेल मन्त्रिमण्डलमा सहभागी हुने

काठमाडौँ, २५ असोज । एकीकृत नेकपा(माओवादी)ले कोषाध्यक्ष हरिबोल गजुरेललाई आज मन्त्रिमण्डलमा सहभागी गराउने भएको छ ।  एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०को निवास लाजिम्पाटमा बसेको पार्...

पत्रकार लीलानाथ घिमिरे सम्मानित

काठमाडौं, ४ असोज । नेपाल कम्युनिस्ट पार्टी एमाले सिन्धुली–काठमाडौं सम्पर्क मञ्चले पत्रकारिताका माध्यमबाट समाजमा योगदान गरेको भन्दै बरिष्ठ पत्रकार लीलानाथ घिमिरेलाई शनिबार राजधानीमा सम्मान गरेको छ ।&...

सिन्धुलीलाई २ नम्बर प्रदेशमा नराख्न सभाषद्हरुको चेतावनी

काठमाडौं, २ भदौ ।  सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् ।  काठमाण्डौंको मिनभव...

यो साता चर्चित



item