सिन्धुली पुर्न: लोडसेडिङ मुक्त

http://sindhulidarpan.blogspot.com/2015/08/sindhuli.html
नबिनबाबु अधिकारी, सिन्धुली, साउन २४ । सिन्धुली जिल्ला आजदेखी पुर्नः लोडसेडिङ मुक्त जिल्ला भएको छ । खिम्ती ढल्केवर २२० केभि प्रशारण लाइनको निमार्ण कार्यलाई अवरोध नगर्ने स्थानीय बासिन्दासँग सहमती भएपछि लोडसेडिङ मुक्त जिल्ला भएको हो ।

यस अघि पनि सिन्धुली जिल्लालाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गरिएपनि केही समय पछि लोडसेडिङ गरिदै आएको थियो ।
सिन्धुलीमा लोडसेडिङ मुक्त वनाउन कुनै प्राविधिक कठिनाई नभएको प्राधिकारण शाखा सिन्धुलीका इलेक्ट्रीकल सुपरभाईजर लालबहादुर लामाको भनाई छ । सिन्धुलीको दुधौली क्षेत्रमा उदयपुरवाट विद्युत लाईन ल्याईएकाले त्यस क्षेत्रमा लोडसेडिङ तत्काललाई नहट्ने लामाले बताए।
सिन्धुलीको निपानेको झुँगा देखी हतपतेको गागन सम्म लाइन विस्तार गरे पछि मात्र त्यस क्षेत्र पनि लोडसेडिङ मुक्त हुने लामाले बताए । लाइन विस्तार कार्य प्रक्रियामानै रहेकाले चार्डनै विस्तार कार्य सकिने बताईएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !